२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रेखा पनि बिवाहको तयारीमा तर को संग ?

1555 Shares
Spread the love

यस बर्ष नेपाली सिनेमा क्षेत्र बिवाहमय हुने भएको छ । यही बर्षभित्र नायिका प्रिय्रंका कार्की आयुषमान देसराज जोशी र बर्षा राउत संजोग कोइराला बैवाहिक जीवनमा बाँधिदैछन् । आयंका जोडीले जुलाईमा बिवाह गर्देछन् तर मिती भने पक्का गरेका छैनन । उता करिब ६ बर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका बर्षा संजोगले भने फागुन २ मा बिवाह गर्ने पक्का भईसकेको छ । यसबीच नायिका रेखा थापा पनि बिवाहको तयारीमा रहेको गसिप भईरहेको छ । उनले अब आफु बैवाहिक जीवनमा बाँधिन तयार रहेको आफु निकट व्यक्तिहरुलाई बताउँदै आएकीछिन् ।

कुनै समय नेपाली सिनेमा क्षेत्रमा मै हुँ भन्ने नायकहरुलाई समेत मात खुवाएकी रेखाले एक निर्मातासंग नै बिवाह गर्न लागेको सिनेबृतमा चर्चा चलिरहेको छ । निर्माता छबिराज ओझासंग १० बर्षे लामो बैवाहिक सम्बन्ध तोडेकी उनलाई त्यसपछि बिवाह कहिले गर्ने भन्ने प्रश्नहरुले हैरान पार्ने गरेको थियो । तर रेखा भने आफनो बिवाह गर्ने दिन नआएको बताउँदै आएकी थिईन् । त्यसो त रेखा केही समय अगाडीमात्र सामाजिक सञ्जालमा प्रेमका बारेमा निकै लेख्दै आएकीछिन् ।

प्रेममय स्टाटसबाट उनी रोमाण्टिक पनि हुने गर्छन् । उनका स्टाटसहरु देख्दा लाग्छ उनी कसैसंग प्रेम सम्बन्धमा छिन् तर यस पटक भने उनले आफनो प्रेम सम्बन्ध लुकाउँन सफल पनि भएकीछिन् । यतिबेला फिल्म निर्माणसंगै सामाजिक अभियन्ताको रुपमा पनि काम गरिरहेकी रेखाको फिल्म पनि पछिल्लो केही समययता हलमा चल्न सकेका छैनन् । तर रेखा भने फिल्म चले पनि नचले पनि सामाजिक बिषयबस्तुमा आफुले फिल्म बनाउँन नछोड्ने बताउँदै आएकीछिन् ।

प्रतिक्रिया