1234
Shares
अन्तर्देशीय प्रेम सम्बन्धको कथा उठान गरिएको प्रेमलीलाको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा प्रेम , रोमान्स र बदलाको भाव झल्किएको छ । फिल्ममा दीपशिखा खड्का , भारतीय युवक अली खान र मौसम खड्काको मुख्य अभिनय रहेको छ । फिल्ममा दीपशिखा र अलिबीच प्रेम सम्बन्ध देखाईएको छ । केही समय अगाडी दीपशिखाले केश मुण्डन गरेर चर्चामा आएकी थिईन तर उनले उक्त केश मुण्डन फिल्मका लागि गरेको ट्रेलरबाट पुष्टी हुँन्छ ।

फिल्मको आधा निर्देशन जनक पाण्डेले गरेका हुन् भने बाँकी दीपशिखाले गरेकी हुन् । फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतका कलाकारहरुको अभिनय रहेको छ ।नायिका दिपशिखाकै कथा तथा लेखन रहेको फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । फिल्म फागुन १० गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

