1311
Shares
माघ ३ -चौधरी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्न नपाउँने भएको छ । सर्वोच्च अदालतले चौधरी ग्रुपलाई मोबाइल सेवा सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यसअघि जारी भएको आदेश खारेज हुने निर्णय सुनाएको हो ।

यस अघि सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत १० पुसमा उद्योगी बिनोद चौधरी स्वामित्वको सिजीमाथि नेपाल दूरसञ्चार प्राधिकरणबाट विभेदयुक्त व्यवहार भएको ठहर गर्दै समानताका आधारमा सेवा सञ्चालनमा सहभागी गराउन आदेश दिएको थियो ।
गत २४ पुसमा कम्पनीलाई आधारभुत टेलिफोन सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्राधिकरणको तर्फबाट निमित्त प्रमुख पुरुषोत्तम खनालले र्वोच्चमा निवेदन दर्ता गरेका थिए ।