काठमाडाै – अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको मानव तस्करीको आरोपमा छानबीन गर्न गठित समितिले क्लीन चिट दिएको छ। स्रोतका अनुसार सत्तारुढ दलका नेकपा द्धय अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको निर्देशनमा समितिले राजदूत शेर्पालाई क्लीन चिट दिएको हो।
समितिले राजदूत शेर्पालाई क्लीन चिट् दिएपछि परराष्टमन्त्री प्रदीप ज्ञवालीको निदेर्शनमा उनलाई राजदूतकै हैसियतमा अष्टेलिया पठाइएको छ। परराष्ट स्रोतका अनुसार राजदूत शेर्पा जनवरी १४ तारेखमा अष्टेलिया उडेकी थिइन्।
ओली प्रचण्डले दुई तिहाइको दम्भमा आपरोपित राजदूत शेर्पालाई क्लीन चिट दिन समितिलाई दबाब दिएपछि समिति बाध्य भएर उनलाई क्लीन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार राजदूत शेर्पाले फेरि ओली र प्रचण्डलाई प्रभावमा पारेर उम्किन सफल भएकी छन्।
दुतावासका पुर्व कर्मचारी वाङ्गछु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएपछि विपक्षी दल नेपाली कांग्रेसले उनीमाथी छानविन गर्न माग गरेको थियो। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए। अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी थिइन्।
गत जेठ २ मा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । साभार नया संसार बाट
फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत शेर्पाको समेत मिलेमतो रहेको बताएकी थिइन् । मनाव तस्करी गरेको सबै तिर चर्चा चलेपछि देखावटीको लागि परराष्ट्र मन्त्रालयले एक पत्र लेखेर दुतावासलाई घटनाको यथार्थ यथासक्दो जानकारी गराउन निर्देशन दिएको स्रोतले बताएको छ।
