आशिस तामाङ,
काठमाडौं – अमेरिकाको लसएन्जल्समा तामाङ समुदायको २८५५ औं सोनाम ल्होछारको अवसर पारेर चर्चित गाएक किङ सागर एस.वाइबाले बेजोड प्रस्तुती दिने भएका छन् ।
तामाङ सोसाईटी अफ लसएन्जल्सको आयोजनामा हुने २८५५ औं सोनाम ल्होछारको अवसरमा आगामी फेब्रुअरी १० तारिख आईतबारको दिन तारा हिमालयन क्युसिनेमा भव्य प्रस्तुती दिनेछन् ।कार्यक्रम लसएन्जल्समा बेलुकी ७.३० देखि रातको एक १.०० बजे सम्म हुनेछ ।

तामाङ सोसाईटी अफ लसएन्जल्सका अध्यक्ष टेक वाईबा लामाले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउनका लागिएको जानकारी दिएका छन् । प्रवासमै भएता पनि आफ्नो देश तथा तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्नुका साथै आफ्नो मातृभुमीलाई विदेशमै भएर पनि सामाजिक कार्यबाट समेत अगाडी बढाउने उदेश्य अनुरुप यस संस्थाको उदय भएको जानकारी गराए । उनले तामाङ समुदायको संस्कार र संस्कृती नेपालकै पहिचान भएको उल्लेख गर्दै यस्ता संस्कार सांस्कृतिलाई राज्य पक्षबाटै जोगाउनुपर्ने बताए ।
उनले नेपालबाट आउने गायक म्हेन्दोमाया किङ सागर एस.वाइबाको साथमा थुप्रै गीत संगीतको धुनमा लसएन्जल्सबाशिहरु नाच्ने र गाउने अवसर पाउने जानकारी समेत दिए ।

गीत संगीतमा झन्डै दुई दशक लामो समय बिताएका श्रष्टा सर्जक,म्हेन्दोमाया क्षेत्रमा म्हेन्दोमाया किङ उपनाम समेत कमाइसकेका म्हेन्दोमाया गायक,संगीतकार,रचनाकार तथा नायक सागर एस.वाइबा तामाङ बहुप्रतिक्षित व्याक्ती का रुपमा चिनिन्छन् ।
‘यो एकल साँझ मेरो अर्थात् सागर एस.वाइबाको मात्रै नभएर सबै तामाङ समुदाय लगायत सबै विभिन्न जातिहरुका गीत संगीतप्रेमी,म्हेन्दोमायाप्रेमी र आफ्नो भाषा,संस्कार,संस्कृति र संगीतप्रेमिहरुको साझ हो
किङ तामाङले सबैको चासो एवम् उत्साहजनक सहभागीताका साथ कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पार्न आफ्नो तर्फबाट सबै तयारी भैसकेको जानकारी दिएका छन् । उनले सबै तामाङ समुदाय र बिभिन्न नेपाली जात,धर्महरुको सांस्कृतिकको जगेर्ना गर्नुका साथै तामाङ समुदायको नयाँ वर्ष ल्होछारको अवसरमा लसएन्जल्समा भव्य प्रस्तुती दिन नेपालबाट आउन लागेको जानकारी दिए ।
गायक तामाङले भने ”यो एकल साँझ मेरो अर्थात् सागर एस.वाइबाको मात्रै नभएर सबै तामाङ समुदाय लगायत सबै विभिन्न जातिहरुका गीत संगीतप्रेमी,म्हेन्दोमायाप्रेमी र आफ्नो भाषा,संस्कार,संस्कृति र संगीतप्रेमिहरुको साझ हो”।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर ३ साबिकको काहुले गाविस वडा नम्बर १ मा पिता सुमनसिङ तामाङ र माता सेलजोम ग्याम्जोको कोखमा जन्म लिएका पाँच दाजुभाइ र दुई बहिनिमध्येका काँइलो छोरा सागर एसवाइबा तामाङ हुन । चञ्चले स्वभावका तामाङ सानैदेखि साँगितिक क्षेत्रमा रुचि राख्दथे।गायक तामाङले निरन्तर मिहेनत र परिश्रमका साथ अगाडी बढ्दै आए। अहिले म्हेन्दोमायाको किङको उपनाम पाएका छन् ।
पहिलो एल्बम एकल म्हेन्दोमाया गीति संग्रह साइकल कोरोरोबाट उनले आफ्नो सांगेतीक यात्रा सुरु गरेका थिए । गायक सागर म्हेन्दोमायामा पहिलो पटक आफ्नै लगानीमा एल्बम निकाल्ने पहिलो ब्यक्ति समेत हुन्। स्वदेश तथा विदेशका थुप्रै ठाउँहरुमा आफ्नो जादुमय प्रस्तुतिहरु राखिसकेका तामाङ दर्शकहरुले पनि धेरै रुचाएका कलाकारको उग्रपङ्तीमा रहेका छन् ।उनि साँगितिक प्रस्तुतिहरुकै क्रममा अमेरिका,युरोप अस्ट्रेलिया, जापान, कोरिया सिंगापुर, मलेशिया, देखि खाडी मुलुकमा समेत आफ्नो अब्बल प्रस्तुती देखाइसकेका छन् ।
उक्त कार्यक्रमलाई सभ्य भव्य बनाईदिन सम्पूर्ण लसएन्जल्सबसी, र पत्रकार मित्रहरु,दाजुभाई तथा दिदिबहिनिहरु, सबैलाई उपस्थिथिको लागि आयोजक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्सले अनुरोध गरेको छ ।
तामाङ सोसाईटी अफ लसएन्जल्सको कमिटिमा अध्यक्षमा टेक वाईबा लामा,बरिष्ठ उपाध्यक्ष राम तामाङ,उपाध्यक्ष बलराम तामाङ, महासचिव डोल्मा लामा ,सचिव केशर लामा,कोषाध्यष विन्दु लामा सहकोषाध्यक्ष सोनी लामाका रहेका छन् त्यस्तै सदस्यहरुमातीर्थ बहादुर घिसिंग, संजोक योन्जन, सुम्मीधा तामाङ,टिका लामा, हरि बहादुर पाख्रिन,रबिश वाइबा,सोम बहादुर तामाङ,कमल बहादुर थिंग रहेका छन् ।
