२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल्स चबी मोडल २०१९ को अन्तीम अडिशन माघ ५ मा फिनाले माघ २२ गते मंगलबार हुदै

2149 Shares
Spread the love

आशिस तामाङ

काठमाडौँ : नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबी मोडलको तेस्रो संस्करण नेपाल्स चबी मोडल २०१९ को फाईनल अडिशन यहि माघ ५ गते शनिबार हुने भएको छ भने उक्त सौन्दर्य प्रतियोगिताको फिनाले यहि आउदो माघ २२ गते मंगलबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ l फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१९ फरक प्रकारको सौन्दर्य प्रतियोगिता रहेको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन l

देशका विभिन्न जिल्ला तथा प्रदेश बाट अडिशन मार्फत छनौट भएका प्रतिश्प्रधिहरुलाई लिएर हुन लागेको यस सौन्दर्य प्रतियोगितामा बिजेतालाई स्कुटर प्रदान गरिने छ भने स्कुटरको साथमा गिफ्ट ह्याम्पर्सहरु समेत प्राप्त गर्ने आयोजक सस्थाले जानकारी गराएको छ l

उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिबर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन l

उक्त प्रतियोगिताको बिजेताले स्कुटर सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने भएका छन् l प्रतियोगिताका लागि छनौट भएका चबी सुन्दरीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको छ , ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण समेत प्रदान गरिएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई विभिन्न रमणीय स्थानहरुको भ्रमण गराईनुको साथै फोटो सुट पनि गरिएको थियो अन्य विभिन्न गतिविधिमा समेत संलग्न गराई प्रतिश्प्रधिहरुको चौतर्फी व्यक्तित्व बिकाशमा समेत सहभागि गराइएको जानकारी आयोजक अमित शाहले गराए । उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरमा नेपाल्स चबि मोडल २०१८ मा मिस पपुलर टाईटल जित्न सफल सच्चु गुरुङ तथा नेपाल्स स्टार मोडल २०१८ का सेकेण्ड रनरअप आयुष ठाकुर रहने भएका छन् l

प्रतिक्रिया