२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शैक्षिक र मेडिकल माफियाहरुलाई हामी ठेगान लगाउँछौ : नेविसंघ कोषाध्यक्ष शिव रिमाल

2275 Shares
Spread the love

इलाम । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १६ औ पटक अनसन बसेका त्रिवि शिक्षण अस्पताल महराजगञ्जका हाडजोर्नी विशेषज्ञ डाक्टर गोबिन्द केसीको मागप्रति नेपाल विद्यार्थी संघले ऐक्यवद्धता जनाएको छ ।

अनसन सुरु गरेको ९ औ दिन आज नेपाल विद्यार्थी संघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य एलिजा ढकाल,झापा जिल्ला ने.वि.संघ अध्यक्ष राजेन्द्र उप्रेती, इलाम जिल्ला ने.वि.संघका का.वा.अध्यक्ष प्रकाश भट्टराई, विद्यार्थी नेताहरु टिकाराम पुरी, देउमान लिम्बु, भुवन भट्ट, भवानी काफ्ले, सहितको टोलीले डाक्टर केसीलाई भेटी उनका माग प्रति ऐक्वद्धता जनाएको हो ।

अनसनरत डाक्टर केसीका मागहरु जायज रहेको भन्दै नेता रिमालले भने डा. के.सी.को शैक्षिक मागमा ने.बि.संघको साथ र समर्थन छ, देशमा चिकित्सा क्षेत्रलाइ राम्रो बनाउन शैक्षिक माफियाहरुलाइ तत्काल कारबाही गर्नुपर्ने र उनका माग तत्काल सम्बोधन गर्न सरकारलाई नेविसंघले दवाव दिने बताए ।

डाक्टर केसीको प्रतिनिधि र सरकारी वार्ता टोली बिच पटक पटक वर्ता भएपनि सहमति जुट्न सकेको छैन । जसको कारण केसीको अनसन लम्बिदै गएको छ भने उनको स्वास्थ्य स्थिती पनि कमजोर हुदै गएको भन्दै तत्काल जायज माग सम्बोधनका लागि रिमालले सरकारसँग आग्रह समेत गरे।

प्रतिक्रिया