एजेन्सी । अमेरिकामा एक अपहरणकारीले १३ वर्षीय बालिकालाई ३ महिनासम्म बन्धक बनाएर राखेको घटना सार्वजनिक भएको छ।
अपहरणकारीले पहिले बालिकाको घरमा छिरेर उनका आमा बाबुको हत्या गरे, त्यसपछि उनले छोरीको अपहरण गरेका थिए। जेमी क्लोस नामकी बालिकालाई अपहरणकारीले ३ महिनासम्म आफ्नो बेडको मुनी बन्धक बनाएर राखे।
.jpg)
करिब २ फिटको क्षेत्रमा युवती ८८ दिनसम्म बन्धक बनिन्। यस क्रममा घण्टौ उनलाई खाना, पानी समेत दिइदैन थियो। बाथरुख जान पनि कयौँ घण्टापछि अनुमति दिइन्थ्यो।
.jpg)
२१ जेक थोमस नामका अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरोपीले एक पनिर फ्याक्ट्रीमा काम गर्दथे। कयौँ दिनदेखि बालिकाको पिछा गरेपछि उनले अपहरण गरेका थिए। स्कुल बसको पिछा गर्दा गर्दा उनले घरसमेत चिनेका थिए। एक रात उनी बालिकाको घर पुगे र बत्ति अफ गरिदिए।
कुकुर भुकेपछि बालिकाका पिता जब ढोका नजिक पुगे, तब अपहरणकारीले गोली हानेर उनको हत्या गरिदिए। त्यसपछि बाथरुममा पुगेर बालिकाकी आमाको पनि हत्या गरे। त्यसपछि घिसार्दै बालिकालाई बाहिर निकाले र ट्रकमा बन्ध गरिदिए र उनलाई आफ्नो घर लिएर गए।
.jpg)