२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार

677 Shares
Spread the love

काठमाण्डौं, माघ, ४ ।
नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार देखिएको छ ।

भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाउनु भएको छ । दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा आफूहरु सकारात्मक रहेको उहाँले बताउनु भयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा वार्ता भएको थियो । ‘वार्तामा विगतमा भएको सहमतिलाई नै टेकेर अगाडि बढ्ने प्रतिवद्धता दुवै पक्षबाट प्राप्त भएको छ,’ प्रतिनिधि मण्डलका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया