२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सलमानको आँखामा बिझाउँछन् विवेक , बर्षाेदेखि यस्तो छ दुश्मनी

681 Shares
Spread the love

बलिउड नायक सलमान खानले आफनो व्याड व्याईको ईमेजलाई धेरै समय अगाडी नै त्यागी सकेका छन् । हाल बक्सअफिसका किंग मानिएका सलमानले अहिले जति प्रशंसक कमाएका छन् त्यती नै पहिलो दुश्मनहरु पनि कमाएका थिए । केही समय बलिउडमा चर्चामा रहँदा , उनको खराब बानी र एश्वर्यासंगको प्रेम छुटेपछि सलमानमा धेरै नकरात्मक प्रभावहरु बढि परे ।उनले सारुख , गोबिन्दा । रणबीर कपुर लगायतका नायकहरु र केही नायिकाहरुसंग पनि दुश्मनी मोलेका थिए । सलमानको लिस्टमा अहिले दुश्मन जति प्राय हटिसकेका छन् तर उनको त्यो लिस्टमा बिवेक ओवराय भने हटन सकेका छैनन् ।

यी दुईबीचको झगडा र दुश्मनीकको कारण भने एउटै थियो त्यो हो नायिका एश्वर्या राय ।सलमानको खराब व्यवहारको कारण आफनो प्रेम सम्बन्धलाई तोडदै उनी बिवेकसंग नजिकिएकी थिईन् । ब्रेकअप भएपनि सलमानलाई एश्वर्या र बिवेकको हिमचिम मन परेको थिएन । उनले बिवेकलाई फोनबाट गाली गर्ने ज्यान मार्ने धम्कीसमेत दिए । बिवेक पनि के कम उनले सलमानको सारा कतुर्त पत्रकार सम्मेलन गरेर पर्दाफस गरे ।सम्मेलनमै बिवेकले आफुलाई सलमानले ज्यान मार्ने धम्की दिएको समेत बताए ।

यो काण्ड पछि सलमान त आगो हुने नै भए बिवेकको यो रवैयाले एश्वर्या झनै बिच्किईन् । त्यसपछि एश्वर्याले बिवेकलाई पनि छोडेकी थिईन् । यसरी यी दुई नायकबीच आगोको कारण बनिन् एश्वर्या । समय हो सब ठिक हुँदै जान्छ ।सलमान पनि सुध्रिए , एश्वर्या पनि आफनो बाटो लागे तर सलमानले सम्बन्ध बिग्रिएका सबैसंग सम्बन्ध सुधारे तर बिवेकलाई उनी अझै पनि फुटेको आँखाले पनि सहँदैनन् । बिवेक सम्बन्ध बिस्तारका लागि धेरै प्रयास गरे । उनले एक लाईभ कार्यक्रममा सलमानसगं माफी पनि मागे तर सलमानले आज सम्म पनि बिवेकलाइ माफी दिएका छैनन् । भनिन्छ आज पनि बिवेक सलमानको दुश्मन नम्बर वान हुन् ।

 

प्रतिक्रिया