२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चर्चित अन्तराष्ट्रिय बडिबिल्डिङका हस्ती विङ्कलार नेपाल आउँने

804 Shares
Spread the love

माघ २-  ‘आइएफबिबि लिग नेपाल’ ले ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर) को आयोजना गर्ने भएको छ । फागुन ३ देखि ४ गतेसम्म कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सो प्रतियोगिताको आयोजना हुँदैछ । उक्त कार्यक्रममा अन्तराष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउने भएका छन्। ‘द विस्ट’ को उपनामले चर्चित उनी फागुनको पहिलो साता नेपाल आउँने भएका हुन् । उनी प्रतियोगितामा गेस्ट पोजरको रुपमा आउँन लागेका हुन् ।

विङ्कलार सन् २०१८ को ‘आर्नोल्ड क्लासिक’ का च्याम्पियन हुन्। उनी गत वर्ष ‘मिस्टर ओलम्पिया’ मा तेस्रो भएका थिए। नेदरल्यान्ड यिनी अमेरिकामा बसोबास गर्छन्। उनको बसाई नेपालमा ४ दिन हुनेछ । कार्यक्रम भने नेपालकै खेल इतिहासमा सबैभन्दा ठुलो प्रतियोगिता मानिएको छ । यस कार्यक्रममा विङ्कलरको आगमनले नेपालको सन् २०२० मा भिजिट वर्षको पनि थप चर्चा हुने र प्रतियोगिताले नेपाललाई बडिबिल्डरहरूको देश भनेर चिनाउन थप मद्धत पुग्ने आयोजकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया