२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कार चलाउँदै यौन सम्पर्क राख्दा भयो भयानक दुर्घटना

1664 Shares
Spread the love

एजेन्सी। बीच सडकमा तीव्र गतिमा गुडी रहेको कारमा यौन क्रियाकलाप गरिरहँदा भएको दुर्घटनामा एक युवाको ज्यान गएको छ। यौन सम्पर्कका क्रममा ड्राइभिङ गरिरहेका यूवाले कारमाथि कन्ट्रोल लिन नसक्दा भएको दुर्घटनमा सो कार ट्रकसँग जुध्न पुगेको थियो। घटनमा परि ति यूवाले ज्यान गुमाए भने उनको केटी साथीको भने गम्भिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। उनको पाखुरा र खुट्टामा चोट लागेको छ।
प्रहरीका अनुसार पूरनपुर बस्ने ३१ वर्षीय युवक आफ्नी प्रेमिकालाई पीलीभीतबाट कारमा लिएर फर्किरहेका थिए। सोमवार पीलीभीत–पुरनपुर हाईवेमा घना अध्यारोमा कार ट्रकमा ठोक्किएको थियो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनापछि कारबाट बाहिर निकालिएको जोडीको कम्मरभन्दा तल्लो अंगमा कपडा नै थिएन्।

घटनास्थल पुगेका प्रहरी अधिकारीका अनुसार गजरौला पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। साथै मिनी ट्रकका ड्राइभरविरुद्ध उजुरी दर्ता गरिएको छ। समाचार अनुसार बंगाली कोलोनीका स्थानीयले जब ठक्करको आवाज सुने तब घरबाट घटनास्थल पुगेर कारमा रहेका जोडीलाई बाहिर निकाल्ने कोशिश गरेका थिए तर, त्यो बेलासम्म ड्राइभरको सीट रहेका युवकको मृत्यु भइसकेको थियो।

प्रतिक्रिया