२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शिल्पाको लागि आयुषमानको सानो मन

489 Shares
Spread the love

चपली हाईट २ बाट नेपाली सिनेमा क्षेत्रमा आएका नायक आयुषमान देसराज जोशी र ब्रेकअपबाट डेब्यु गर्न लागिरहेकी नायिका शिल्पा मास्केको जोडी सानो मनमा देखिने भएका छन् । हङकङमा बस्दै आएका सुयोग गुरुङको डेब्यु निर्देशनमा बन्न लागेको उक्त फिल्ममा यी जोडी रहने भएको छ । म्यूजिकल लभस्टोरीमा बन्न लागेको सानो मनको औपचारिक घोषणसमेत भएको छ । प्राय पर्दामा प्रियंका कार्कीसंग देखिँदै आएका आयुषमानले यो फिल्म धेरै अगाडी साईन गरेको बताए भने शिल्पा २ बर्ष अगाडी लण्डनमा हुँदा नै स्क्रिप्ट सुनेको बताईन् ।

नेपालसंगै हङकङ र मकाउमा समेत सुटिङ हुने यस फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले निर्माण गर्न लाथेका हुन् । ओ।पि।जी। फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यस फिल्ममा आयुषमान र शिल्पाबाहेक गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । रोचक कुरा त के भने ब्रेकअप बाहेक कागजपत्रमा समेत अभिनय गरेकी शिल्पाले यसअघि नै आयुषमानको भाई आशिरमानसंग ब्रेकअपमा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया