साउथका हरेक फिल्महरुमा देख्ने गरेका चर्चित हाँस्य कलाकार ब्रह्मानंदम मन नपराउँने सायदै होलान् । उनको अभिनय त के उनको अनुहारले नै दर्शकहरुमा एक प्रकारको हाँसो ल्याईदिन्छ जुन उनको करियरकै लागि ठुलो उपलब्धी पनि हुन गयो । उनै चर्चित कलाकार ब्रह्मानंदम भने अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि उनलाई मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जहाँ उनको मुटुको सर्जरीसमेत भएको बताईएको छ ।

उनको अवस्था अझै पनि गम्भिर रहेको चिकित्सकहरुले बताएको मिडियाहरुले उल्लेख गरेका छन् तर उनको अवस्था सुधार हुने क्रममा रहेको छ । उनी अस्पतालमा भर्ती भएको खबर भाईरल भएसंगै उनका फ्यानहरुले ब्रह्मानंदमका लागि प्रार्थना गरिरहेका छन् । साउथका एकमात्र चर्चित हाँस्य कलाकार ब्रह्मानंदमको अझै पनि चर्काे डिमाण्ड हुने गर्छ । जसको कारण सबै निर्माताहरु उनलाई फिल्ममा लिन चाहान्छन् । हजार भन्दा बढि फिल्ममा काम गरी विश्व रेर्कड बनाएका ब्रह्मानंदम एक दिनमा ५ लाखसम्म लिने गर्छन् ।

