२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

फिल्म निर्माण गर्दे दीपक मनाङे

2458 Shares
Spread the love

गुण्डा नाईकेको रुपमा चर्चामा आएका दिपक मनाङे अर्थात मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङले पुन: फिल्म निर्माण गर्ने भएका छन् । यसअघि आफनो छोरा सिद्धार्थ गुरुङलाई वान वेबाट डेब्यु गराउँदै फिल्म निर्माण गरेका मनाङेले लामो समयपछि पुन: फिल्म निर्माणमा फर्किएका हुन् । उनले निर्माण गर्न लागेको फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने भएका छन् । जसले यसअघि तिमी संग फिल्म निर्देशन गरेका थिए । फिल्मका लागि यी दुईले आज सम्झौता गरेका छन् ।

चैत्रबाट फ्लोरमा जाने भनिएको उक्त फिल्मका लागि हालसम्म कलाकारहरु भने चयन भएका छैनन् । रेड बर्ड प्रोडक्सनमा निर्माण हुने फिल्ममा बिवाहपछि दम्पत्तिमाथिको कथा बोल्नेछ । श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रघु परियार र किरण नेपाली छन् । हाल फिल्मको स्क्रिप्टमा काम चलिरहेको बताईएको छ । बिवाहपछिको प्रेमको कथालाई फिल्मले देखाउँने भएकोले फिल्ममा मुख्य कलाकार भने केही पाका राखिने लागेको बताईएको छ ।

 

प्रतिक्रिया