२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

काभ्रे सेवा समाज मलेसिया संस्थाको प्रथम बार्षिकोत्सव फेब्रुअरी ६ मा हुने

1741 Shares
Spread the love

मङ्गलबार, माघ ०१, २०७५

लनम तामाङ

क्वालालम्पुर– मलेसियाको क्वालालम्पुरमा काभ्रे सेवा समाज मलेसिया संस्थाको पहिलो बार्षिकोत्सव हुने भएको छ ।

२०१८/१/१ तरिखका दिन स्थापना गरिएको काभ्रे सेवा समाज मलेसिया संस्थाले मिति २०१९/१/१ तरिखका दिन एक बर्ष पूरा भई दुई बर्षमा प्रवेश गरेकोले फेब्रुअरी ६मा काभ्रे सेवा समाज मलेसिया संस्थाले प्रथम बार्षिकोत्सव तथा वृहत् साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम क्वालालम्पुरको ग्राण्ड कान्ट्रिनन्टल होटलमा हुनेछ भने नेपाली कार्यबाहक राजदूत श्री कुमार राज खरेल कार्यक्रमको प्रमूख अतिथी रहने भएका छन् ।

प्रवासमा रहेका प्रवासीहरुमा आइपर्ने विभिन्न अकल्पनीय घटना र समस्याहरुको तत्कालीन समाधान गर्ने सवालमा समेत सस्थाले आर्थिक एवम भौतिक सहयोग समेत गर्दै आएको छ।

आयोजक सस्थाले उक्त कार्यक्रममा मलेसियामा छरिएर रहेका काभ्रेली दाजुभाई, दिदिबहिनी लागयत सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ।

प्रतिक्रिया