२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विवाहित पुरुष र महिलाको ‘अफेयर’ मा अमेरिकाभन्दा युरोप अगाडि, कुन देशमा कति ?

1467 Shares
Spread the love

एजेन्सी । विवाहित पुरुष, महिला ‘अफेयर’ मा रहनुलाई विश्व समुदायले कसरी हेर्दछ भन्ने  एक सर्भेक्षण भएको छ ।

सर्भेले विश्व व्यापी रुपमा आम मानिसलाई एउटा प्रश्न गरेको थियो ।  ‘के विवाहित पुरुष महिला अफेयरमा हुनु नैतिक रूपमा ठीक र स्वीकार्य हो ?’ जसको उत्तरमा आएको आंकडा हेरेर अनुसन्धानकर्ताहरु नै   हैरान भएका थिए ।

‘वासिङगटन पोस्ट’ का अनुसार ८४ प्रतिशत अमेरिकन भन्छन् – विवाहित मानिसले यस्तो सम्बन्ध बनाउनु अस्वीकार्य हो । यस्तै बेलायतमा यस्तै उत्तर दिने ७६ प्रतिशत रहेका छन् । ग्रीसका ७९ प्रतिशत मानिस विवाहित पुरुष, महिला अफेयरमा रहनु अस्वीकार्य भनेका छन् ।

यस्तै फ्रान्समा ४७ र जर्मनीमा ६० प्रतिशत सम्बन्धलाई बेठिक भनेका छन् । यो आकडा प्यू रिसर्चले केहि बर्ष अगाडि गरेको सर्भेमा आधारित छ।

सर्भेले खुलाएको छ – अधिक विषयमा अमेरिकी र यूरोपीयन नागरिकहरुबीच एउटै मत छ । तर जर्मनीमा भने त्यसो हुने छैन । जर्मनी नग्न समुद्री तटको रुपले चर्चित छ , जहां ४० प्रतिशत अफियरको पक्षमा देखिएका छन् ।  त्यसैले   पछिल्लो समय नग्न समुद्री तटमा अझ भिड देखिने छ ।

यसरी भन्ने हो भने  तुलनात्मक रुपमा अमेरिकामा नग्नता यूरोपको तुलनामा कम स्वीकार्य छ । प्राय सबै यूरोपीयन नागरिक  विवाह पूर्वको सेक्सलाई जायज मान्दछन् ।  तर  एक तिहाई अमेरिकी नागरिक  विवाह पूर्वको सेक्सलाई बेठिक भन्दछन् ।

प्रतिक्रिया