२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यसरी थाहा पाउन सकिन्छ, केटी भर्जिन भए नभएको ?

2190 Shares
Spread the love

एजेन्सी । योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ ।

यही योनिद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ ।

पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन ।

कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौन सम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ ।

महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पनि अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न नसकिने स्थितिमा पुगेको छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

प्रतिक्रिया