२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायती सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता : आज संसदमा छलफल हुने

1154 Shares
Spread the love

लन्डन । ब्रिटेनमा प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि संसद्‌मा बुधवारबाट छलफल हुने कार्यक्रम छ ।

ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कैयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २३० मतले पराजित भएको थियो ।

ब्रिटिश प्रधानमन्त्री टरिजा मेको ब्रिटेन युरोपेली संघ ईयूबाट बाहिरिने प्रस्तावको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेका थिए ।  यो बहालवाला सरकारको अहिलेसम्मकै ठूलो हार मानिएको छ।
यो पराजयलगत्तै ब्रिटेनमा प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि संसद्‌मा बुधवारबाट छलफल हुने कार्यक्रम रहेको छ  ।

प्रतिक्रिया