आशिस तामाङ
काठमाडौं – अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर शाखा कार्यालय गठन गर्न लागेको छ। धर्म,जातीयता र राजनितीबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्यलाई तिब्रता दिदै शाखा कार्यलय खोल्न लागेको हो ।
संस्थाको नेपाल शाखा गठन गर्न महासचिव मंगलदास श्रेष्ठ अमेरिकावाट नेपालको लागि प्रस्थान गरिसकेको संस्थाका केन्द्रिय उपाध्यक्ष टेक वाईबा लामाले जानकारी दिएका छन्।

उपाध्यक्ष वाईबाका अनुसार निकट भविष्यमा एसिया, युरोप लगायतका मुलुकहरुमा क्रमिक रुपमा शाखा गठन गरेर नेपालीहरुलाई जोड्ने कार्य भईरहेको बताए । उनले प्रवासमा भएका सम्पूर्ण नेपालीबासीलाई एकबद्ध बनाई देशका लागी पनि विदेशीभुमीबाटै भएतापनि केही सामाजिक काम गर्न सकिने उदेश्य समेत संस्थाको रहेको जानकारी दिए ।
उपाध्यक्ष वाईबाका अनुसार हामी नेपाली ग्लोबलमा आवद्ध नेपालीहरु वीच अमेरिकामा मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट गर्ने कार्यमा आफूहरु जुटिरहेको समेत जानकारी दिए ।

हामी नेपाली ग्लोबल संस्थालाई न्यूयोर्कको अमेरिकी सरकारले नेपाल–डेको मान्यता समेत दिइसकेको कारण संस्थाको अझ महत्व र आवश्यकता बढ्दै गएको उपाध्यक्ष वाईबाको भनाई थियो । उनले हामी नेपाली ग्लोबल संस्था कुनै संस्थाको प्रतिस्पर्धी अन्तरराष्ट्रिय संस्था नभइ विलकुलै सहयोगी संस्था भएको बताएका छन् ।
विश्वभर छरिएर रहेका नेपालीहरुका समस्यामा सहयोग पु¥याउने उदेश्य सहित स्थापना भएको यो संस्थाले मातृभूमि नेपालको लागि पनि उदेश्यमूलक कार्य गर्ने योजना राखेको संस्थाले जानकारी दिएको छ । हामी नेपाली ग्लोबल संस्थाका केन्द्रीय अध्यक्ष अमृत लामा रहेका छन् ।