755
Shares
माघ २ – बलात्कार जस्तो जघन्य अपराध र कुकृतबाट बालबालिकाहरु पीडित हुने क्रम बढ्दो छ । यसैबीच अछाममा एक ५ बर्षीया बालिका बलात्कृत भएकीछिन् । अछामको साँफेबगर नगरपालिका ३ बालिकाको घरमै डेरा गरी लेवर काम गर्दे आएकाले बलात्कार गरेका हुन् । घरमा कोही नभएको समयमा पुस २९ गते बेलुका ८ बजे बालिका बलात्कार गरेका हुन् ।
बलात्कारको सुचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । बलात्कारी कैलालीको कैलारी गाँउपालिका –४ का सोम बहादुर बस्नेतलाई प्रहरीले प्रक्राउ गरेको छ । पीडकलाई करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत अछामबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताएका छन् ।