कृ फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नायिका अदिती बुढाथोकीको व्यस्तता यतिबेला बलिउडमा निकै बढिरहेको छ । मोडलिङ करियरमा व्यस्त रहेकी अदितीको पछिल्लो समय म्युजिक भिडियो र बिज्ञापनहरुमा व्यस्तता बढिरहेको हो । भर्खरै मात्र फरहान अख्तरको वेभ सिरिजमा अनुबन्धित भएकी अदितीले बलिउडमा फिल्म पाउँन गाह्रो भएतापनि म्युजिक भिडियोहरुमा पनि निकै काम गरिरहेकीछिन् ।

केही इण्डी पप र पञ्जाबी गीतहरुमा अभिनय गरेकी अदितीले हालै चर्चित गायक राहुल वैधको गीतमा पनि काम गरेकीछिन् । भारतमा रुचाईएका गायक राहुलको नयाँ गीत आज सार्वजनिक गरिएको छ जहाँ अदितीको अभिनय रहेको छ । चाँद सी मेहबुबा बोलको गीतमा अदिती निकै सुन्दर देखिएकीछिन् । हाललाई कुनै पनि नेपाली फिल्म साईन नगरेकी अदितीले नेपाली फिल्म नै प्राथामिकतामा रहेको बताउँदै आए पनि बलिउडमा भने उनको व्यस्तता बिस्तारै बढिरहेको छ ।
भारतीय मिडियामा पनि सर्बत्र छाईसकेकी अदितीले फिल्म नै नपाएकी भने होईनन् बी ग्रेडका फिल्मको अफर आएपछि उनले बलिउड फिल्ममा काम गर्न सकिरहेकी छैनन् । उनले केही समय अगाडी आएको फिल्म हेट स्टारी ४ रिजेक्ट गरेकी थिईन् ।