२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रञ्जु दर्शनाको चरित्रहत्या आरोपमा पत्रकार पक्राउ

3105 Shares
Spread the love

काठमाडाैं । प्रहरीले विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा मुक्ति खबर डटकमका पत्रकार श्याम रोकालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार दर्शनाको उजुरीका आधारमा पत्रकार रोकालाई मंगलबार काठमाडाैंकाे बूढानिलकण्ठबाट पक्राउ गरिएको हो ।

पत्रकार रोकालाई प्रहरीले बिद्युतीय अपराध तथा कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको छ । अनलाइनमा ‘रवीन्द्र मिश्रले कार्यालयमै बलात्कार गर्न खोजेः रञ्जु दर्शाना’ शीर्षकको समाचार संम्प्रेषण गरिएको थियो । प्रहरीले तथ्यहीन समाचार सम्प्रेषण नगर्न अनलाइन संचालकहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया