२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

के नेपाली युवकको प्रेममा छिन् श्रृद्धा कपुर ?

1516 Shares
Spread the love

बलिउडमा कम समयमा लोकप्रियता कमाएकी स्टारकिड्स नायिका हुन श्रृद्धा कपुर । अमिताभ बच्चनको फिल्म तीन पत्तिबाट बलिउडमा आफनो अभिनय यात्रा सुरु गरेकी उनले सन् २०११ मा आएको फिल्म लभका दी एण्डबाट नायिकाकोरुपमा आफनो करियर सुरु गरेकी हुन् । डेब्यु सुखद नभएपनि श्रृद्धालाई आसिकी २ र बागी फिल्म बरदान साबित भयो । यी फिल्ममा श्रृद्धालाई बिषेश रुचाईयो । उनी आफनो फिल्मबाट मात्र होईन बेला बेलामा आउँने गरेका प्रेम सम्बन्धको कारण पनि चर्चामा आउँने गर्छिन् ।

केही समय अगाडी रकअन २ मा काम गर्दा फरहान अख्तरसंगको प्रेम सम्बन्धको कारण चर्चामा आएकी श्रृद्धाको यो गसिप हावामा नै सिमित भयो । त्यसो त श्रृद्धाको प्रेमको चर्चा अर्का नायकसंग पनि चल्ने गरेको छ । लामो समयदेखि उनको नाम एक नेपाली युवकसंग जोडिदै आएको छ । उनी हुन् रोहन श्रेष्ठ । बलिउडमा चर्चित फोटोग्राफर राकेश श्रेष्ठको छोरा समेत रहेका रोहन आफै पनि अहिलेका चर्चित सेलिब्रेटीहरुका व्यस्त फोटोग्राफर हुन् । श्रृद्धा र रोहनको प्रेमको चर्चा बलिउडमा पनि निकै हुने गर्छ ।

भारतमै जन्मिएका रोहन श्रृद्धाको बाल्यकालको साथी पनि हुन त्यसैले पनि उनीहरुबीच बिषेश बोण्डिङ रहेको बताईन्छ । रोहनका बुवा राकेश नेपाली हुन भने उनकी आमा गोवाको बासिन्दा । लामो समयदेखि उनीहरु मुम्बईमा नै बस्दै आईरहेका छन् । यता श्रृद्धा र रोहन दुबैले आफनो सम्बन्धको बारेमा भने खुलेर बोलेका छैनन् ।

 

प्रतिक्रिया