सुदूरपश्चिमबाट गएर नेपाल आइडल बन्न सफल रवि ओडलाई अत्तरिया अत्तरियामा भव्य स्वागत गरेका छन् । अत्तरिया उद्योग वाणिज्य संघको टोलीले नेपाल आइडल २ का रविलाई अत्तरियाको पुरै बजार परिक्रमा गराएका हुन् ।
सामान्य घर परिवारमा हुर्केका रबीले आइडल बनेर सुदूरपश्चिमको सँगै देशकै नाम चिनाउन सफल भएको भन्दै उद्योग वाणिज्य संघले उनलाई नागरिक अभिनन्दन गरेको हो । रवि ओडलाई अत्तरियामा नागरिक अभिनन्दन गरिएको छ ।
रविको नागरिक अभिनन्दन कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघको टिम सँगै अन्य स्थानीय बासिन्दाको पनि सहभागिता रहेको थियो । सुदूरपश्चिमबाट नेपाल आइडल बनेपछि रविलाई भेट्न मात्रै यस क्षेत्रका व्यक्तिहरूको ओइरो लाग्ने गरेको छ ।
उक्त सम्मान कार्यक्रममा रबीले आफूलाई माया गर्ने व्यक्तिहरूका कारण नेपाल आइडल बन्न सफल भएकाले आगामी दिनमापनि सहयोगको अपेक्षा राखेको बताए ।
हेर्नुस् भिडियो…