एजेन्सी । पाकिस्तानको कराचीमा अन्डरवल्र्ड डन दाउद इब्राहीमका निकटवर्ती मानिएका फारुक देवडीवाला मारिएको अपुष्ट खबरहरु आएका छन् । मीडिया रिपोर्टअनुसार भारतीय अधिकारीले फारुकलाई गएको वर्ष दुबईमा पक्राउ गरेका थिए तर, उनलाई भारत ल्याउन भने असफल भएका थिए ।
अब समाचारहरु यस्ता आएका छन् की फारुकलाई मार्न दाउदका अर्का सहयोगी छोटा शकीलले आदेश दिएका थिए । शकीललाई आशंका थियो फारुकले दाउदलाई मार्न षडयन्त्र गरिरहेका छन् ।
भारतीय सुरक्षा एजेन्सीहरुको खोजी सूचीमा रहेका थिए फारुक । उनी आतंकवादी संगठन इंडियन मुजाहिदीन (आईएम)का लागि युवाहरुलाई भर्ती गर्थे भन्ने भारतीय आरोप छ । जूलाई २०१८ मा फारुकलाई पाकिस्तान प्रत्यातिप गरिएको थियो । यद्यपी भारतले फर्जि डक्यूमेन्टका आधारमा फारुकलाई पाकिस्तान प्रत्यापित गरिएको आरोप लगाउँदै आएको छ ।
समाचार स्रोतका अुसार छोटा शकीलले दुबईमा फारुकले भारतीय अधिकारीसँग मिटिंग गरेको भन्ने सूचना पाएको थियो । यो विषयलाई लिएर शकील फारुकबीच भनाभनसमेत भएको बताइएको छ । यसपछि दाउद समूहले फारुकमाथि विश्वास गर्न छोडेको बताइन्छ । यो विषयमा मुम्बई क्राइम ब्रान्चले केही पनि बताउ नचाहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फारुकको मृत्युबारे इन्टरपोलको सहयोगमा पुष्टि गर्ने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यदि फारुकको मृत्युको पुष्टि भएमा पाकिस्तानमा मारिने दोस्रो दाउदका सहयोगी हुनेछन् । यसअघि २००० मा ग्यांगस्टार फिरोज कोकानी पनि पाकिस्तानमा हत्या भएको बताइएको थियो । फिरोजले दाउदप्रति सम्मान नखाएको बताइन्छ ।
फारुक् मुम्बईको जोगेश्वरी क्षेत्रको वासिन्दा थियो । भारतमा आतंकविरोधी दस्ता (एटीएम)को निगरानीमा थियो । गोधरा दंगापछि गुजरातका तत्कालीन गृहमन्त्री हरेन पंड्या र अन्य हत्यामा उसनको नाम आएको थियो । भारतीय सञ्चारमाध्यमले उ केही वर्ष पहिला कट्टरपन्थी बनेको र त्यसका लागि युवाहरुलाई भर्ती गरेको बताएका छन् ।