998
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थीलाई घुससहित पक्राउ गरेको छ ।
आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले पन्थीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
पन्थीले रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
सो रकम काठमाडौं १४ स्थित एनएमबी बैंकमा जम्मा गर्न गएको अवस्थामा पार्किङबाट छोरीसहित उनलाई पक्राउ गरिएको हो ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले पक्राउ परेका दुवैजनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको बताए ।