२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बलिउडको नयाँ हट जोडी , पहिले चुप अहिले ईस्टाग्राममा सार्वजनिक

1586 Shares
Spread the love

मिडियासंग लुक्दै डेटीङ गरीरहेका र पछि फेरी मिडियाको क्यामरामा कैद भएका फरहान अख्तर र सिवानी डान्डेकरको जोडी यतिबेला भने आफै खुलेका छन् । पहिले यिनिहरु आफ्नो सम्वन्धका वारेमा चुपचाप बसेका थिए तर अहिले भने उनीहरुले आफ्नो निजि तस्वीरहरु ईस्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।

तस्विर सार्वजनिक मात्र गरेर फरहान चुप बसेनन् । उनीले शिवानीका लागि मायाका शब्दहरु वर्षायका छन् । उनीहरुको ईस्टाग्राम एकाउन्ट उनीहरु दुईको तस्वीहरुले नै भरीएका छन् । फरहान र शिबानी पछिल्ला केही महिना अगाडिवाटै एक अर्कालाई डेट गरिरहेपनि सार्वजनिक रुपमा स्वीकारेका भने थिएनन् । फरहानले सन् २००० मा हेयरस्टाईलीस्ट अधुना भबानी संग विवाह गरेका थिए । तर उनको सन् २०१६ मा डिभोर्स भएको थियो ।

फरहान र अधुनाका दुई छोरी शाक्या र अकिरा रहेका छन् । बलिउड अभिनेत्री , गायिका , मोडल तथा एन्कर सिबानी डान्डेकर टेलिभिजन शो हरुको पनि होस्ट गर्छिन् । बलिउडमा लबवर्डस्हरु लगातार अगाडी आईरहेका छन् । अर्जुन कपूर र मलाइका अरोरा बिचको सम्वन्ध वाहिरीएसंगै दुवै जना सार्वजनिक रुपमै संगै देखिन थालेका छन् ।

वरुण धवन र नताशा दलालले पनि आफ्नो रिलेशनसिपलाई स्वस्कारेका छन् । आलिया भट्ट र रणविर कपूरबिच वढ्दै गईरहेको नजिकपनले पनि यि दुई विचको सम्वन्धको आकलन गरिएको छ । एजेन्सी

प्रतिक्रिया