1633
Shares
माघ १ – भारतमा लगेर नेपाली चेलीहरु बेच्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बेच्ने गरेको आरोपमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई लाई प्रक्राउ गरेको हो । उनलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईले नेपाली बालबालिका तथा किशोरीलाई भारतमा राम्रो जागिर लगाईदिने प्रलोभन देखाउँदै दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने प्रहरीको भनाई छ । राईले ६ लाख सम्ममा नेपाली किशोरीहरु बेच्दै आएको प्रहरीले बताएको छ ।