२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘श्रीदेवी’ को टिजरले ल्यायो बिवाद (भिडियो सहित)

434 Shares
Spread the love

बलिउड नायक श्रीदेवीको भौतिक शरिर छैन तर उनले दर्शकमाझ छोडेको छाप भने अझै पनि कायमै छ। बिवाह समारोहमा सरिक हुन दुबई पुगेकी श्रीदेवीको वाथटपमा डुबेर निधन भएको थियो । बलिउडकी चर्चित हस्तीको असामायिक निधनले सबै मर्माहित बने । उनलाई स्मरण गर्न र सम्मानका लागि धेरैले उनको बायोपिक बनाउँने निर्णय पनि गरे जसमा उनै पती बोनी कपुर पनि रहेका छन् । यसैबीच श्रीदेवी फिल्मको टिजर सार्वजनिक भएको छ ।

जसलाई फिल्म निर्माण टिमले श्रीदेवीको बायोपिक नभएको जिकिर गरेको छ तर टिजर हेर्दा भने दर्शकहरु झुक्किन सक्छ किनकी टिजर हेर्दा लाग्छ यो फिल्म श्रीदेवी कै जीवनमा आधारित छ । फिल्ममा मुख्य भुमिकामा यसअघि आँखा झिक्काएरै नै भाईरल बनेकी नायिका प्रिया प्रकाश रहेकीछिन् । टिजरमा उनी कता कता श्रीदेवी जस्तै पनि देखिएकीछिन् । वाथ टपमा निधन भएको दृश्यले श्रीदेवीकै जीवनमा आधारित भएको मान्न सकिन्छ तर स्वयंम प्रिया नै फिल्म श्रीदेवीको वीवनमा आधारित हो होईन त्यसका लागि फिल्म नै हेर्ने पर्ने बताउँछिन् ।

साउथमा उरु उदार लभबाट अभिनय यात्रा थालेकी प्रियाको श्रीदेवी डेब्यु बलिउड फिल्म हो जसलाई साउथकै चर्चित निर्देशक प्रशान्त माम्बुलीले निर्देशन गरेका छन् । फिल्म कहिले रिलिज हुँदैछ भन्ने तोकिएको छैन । तर टिजर हेर्दा सबैले श्रीदेवीलाई सम्झिने छन् यस्तोमा बोनी कपुरको तर्फबाट फिल्मको लागि कस्तो प्रतिक्रिया आउँने हो वा उनले कुनै कानुनी उपचार पो खोज्छन् की हेर्दे जाउ ।

प्रतिक्रिया