२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पेज थ्री को आयोजनामा ‘फेस अफ मारवाडी किड्स, २०१९’ को फाईनल सम्पन्न

1080 Shares
Spread the love

आशिस तामाङ

पेज थ्री को आयोजनमा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात राजधानीको बालुवाटारस्थित अलाइस रेसिप्सनमा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल सम्पन्न भएको छ ।

आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाको अनुसार मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान गरि प्रतिस्पर्धा गराईएको थियो ।

रोजिन शाक्यले सन्चालन गरेको उक्त कार्यक्रममा सोनिया केडिया काउन्सिलर, दिक्पाल कार्की ईभेन्ट डिरेक्टर तथा पुनम बर्माको कोरियोग्राफी रहेको थियो ।

प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेता युवराज अग्रवालले मिनि मिस्टर फेस अफ मारवाडी र चन्चल मेहताले मिनि मिस फेस अफ मारवाडी को ताज संगै नगद रु. २०,०००/- पुरस्कार प्राप्त गर्दा मेहुल अग्रवाल र कविस अग्रवाल क्रमशः मिनि मिस्टर फेस अफ मारवाडीको फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज को ताज पहिरिए भने रिद्दि सिंहानीया र विधी अग्रवालले क्रमशः मिनि मिस फेस अफ मारवाडीको फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिए ।

त्यसैगरी ग्रुप ‘बी’ को विजेता पलक सार्डले ‘लिटिल मिस फेस अफ मारवाडीको ताज पहिरिनुको साथै नगद रु. २५,०००/- पुरस्कार स्वरुप प्राप्त गरिन भने भुमी अग्रवाल र मानस्वी खेम्काले क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिए ।

ग्रुप ‘सी’ अन्तर्गत विजेता नमन राजघडियाले ‘लिटिल मिस्टर फेस अफ मारवाडीको उपाधी संगै नगद रु. २५,०००/- पुरस्कार प्राप्त गरे भने प्रवर्तक अग्रवाल र आयुष वर्मा क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअप भए ।

त्यस्तै ग्रुप ‘डी’ को बिजेता अनमोल शर्माले ‘प्रिन्सेस फेस अफ मारवाडीको ताज पहिरिदै नगद रु. ३०,०००/- पुरस्कार प्राप्त गर्दा शालिनी जैन र नियती शर्माले क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअपको ताज पहिरिन सफल भए ।

आयोजक मोदीका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया