२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तरुल, घ्यू–चाकु, तिलको लड्डु खाएर माघे संक्रान्ति मनाइदै

8310 Shares
Spread the love

माघ १, मंगलबार ।
आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्तिपनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नान गरी दान तथा पूजा गर्नेको भीड लागेको छ । खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावती लगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ । यसैबीच, थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन् । नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेका थारु समुदाय राष्ट्रिय चाड माघीलाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्याणकारिणी सभाका प्रचार प्रसार संयोजक किशोर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया