1201
Shares
वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन्।
“उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने।
मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ।