२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कस्तो हुन्छ महिला कन्डम ?

4004 Shares
Spread the love

एजेन्सी । पुरुष कन्डमजस्तै महिलाले प्रयोग गर्ने कन्डमको पनि विकास भएको पनि लामो समय बितिसकेको छ । यसलाइ फेमिडोम भनिन्छ ।

जसरी पुरुष कन्डमले अस्थायी साधनको कामसँगै यौनरोगहरू सर्नबाट जोगाउँछ, महिला कन्डमले पनि त्यस्तै काम गर्छ ।

महिला कन्डम यौनसम्पर्क गर्नुअघि महिलाको योनिमा लगाइन्छ । सामान्य पुरुष कन्डमको तुलनामा महँगो हुने भएकाले विकासोन्मुख देशमा भन्दा विकसित देशमा यसको प्रयोगदर बढी छ ।

कन्डममा कुनै हार्मोन नहुने हुँदा शरीरमा साइड इफेक्ट नहुने विज्ञहरू बताउँछन् । नेपालमा भी अमोर ब्रान्डमा फेमिडोम उपलब्ध छन् ।

सन् २०१५ को तथ्यांकअनुसार महिला तथा पुरुष दुवैले प्रयोग गर्ने कन्डम सबैभन्दा बढी खपत गर्ने देश जिम्बावे हो ।

सन् २०१५ मा जिम्बावेमा १५ करोड ७० लाख थान महिला तथा पुरुष कन्डम वितरण गरिएको थियो । -साप्ताहिकबाट

प्रतिक्रिया