२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालकै पहिलो भू-उपग्रहको सफल हार्डवेयर परिक्षण

1432 Shares
Spread the love

पुष ३० – चन्द्र सूर्य अंकित नेपालको पहिलो भू-उपग्रह  ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ सफल परिक्षण भएको छ । जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)  को प्रयोगशालामा‘भाइब्रेसन’ र ‘भ्याकुम’ परिक्षण सफल भएको हो । यो सफल परिक्षणले आगामी बैसाखमा नेपालले आफनै पहिलो नानो भू-उपग्रह प्रक्षेपण गर्ने योजना सफलताको नजिक पुगेको मानिएको छ । ‘भाइब्रेसन’ पृथ्वीबाट अन्तरिक्षमा प्रक्षेपण गर्दाको परिक्षण हो । भ्याकुम अन्तरिक्ष वातावरणसम्बन्धी परिक्षण हो ।

यी दुवै जाँच भू-उपग्रह  प्रक्षेपण गर्दाका बखत हार्डवेयरमा देखिन सक्ने सम्भावित समस्यासँग सम्बन्धि हुन्। नानो भू-उपग्रह अमेरिकाको एक निजी कम्पनीको रकेटबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)  मा पठाइनेछ । त्यसको करिब एक महिनापछि अन्तरिक्षमा छोडिने कार्यक्रम छ। जुन नेपाली बैज्ञानिक आभाष मास्केले जापानमा निर्माण गरेका हुन् ।

नेपाली विद्यार्थी मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत नानो भू-उपग्रह  निर्माण गरेका हुन्। उनी क्युटेकबाट भू-उपग्रह प्रविधिमा विद्यावारिधि गर्दैछन्। जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

पृथ्वी सतहभन्दा ४ सय किलोमिटर माथि रहने यो भूउपग्रहले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ। त्योमध्ये ६० मिनेट उज्यालोतिर र ३० मिनेट अँध्यारोमा रहन्छ। नेपालमाथिको आकाशमा यसले दिनमा चार फन्का लगाउनेछ । नेपाल स्याट वान १० सेन्टिमिटर अग्लो, १० सेन्टिमिटर लामो र १० सेन्टिमिटर चौडा छ। मानिसको हातमा अट्ने यो क्युस्याट १ किलो ३३० ग्राम तौलको छ ।

 

प्रतिक्रिया