२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

महिला क्रिकेट :- युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

1376 Shares
Spread the love

पुष ३० – थाइल्याण्डमा भएको महिला टी–२० स्म्यास क्रिकेटमा आजको खेलमा नेपालले लगातार तेस्रो जीत निकालेको छ । आज युएईबिरुद्ध भएको खेलमा नेपाल ६ विकेटले बिजयी भयो । तेस्रो जीतसंगै नेपाल सेमिफाईनलमा प्रबेश गरेको छ र सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको नेपालले सो लक्ष्य १९ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्दैछ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तानमा रुविना क्षेत्री रहेकी छिन् । उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन् ।

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् । टोलीको प्रशिक्षक भने चर्चित खेलाडी विनोद दास रहेका छन् ।

प्रतिक्रिया