1762
Shares
म्युजिकल एप टिकटकबाट भाईरल भएकी रेश्मा घिमिरेको अभिनयमा रहेको नयाँ भिडियो सार्वजनिक भएको छ । चर्चित संगितकार कालि प्रसाद बास्कोटाको आवाज , शब्द र संगितमा रहेको इस्टाको फोटो बोलको गीतमा रेश्मासंगै नायक आसिफ शाह देखिएका छन् । G 21 को प्रस्तुतीमा निर्माण भएको भिडियोमा रेश्माले राम्रो अभिनय गरेकीछिन् ।

सम्भवत अहिलेसम्म उनले अभिनय गरेका भिडियोहरुमा यो सबैभन्दा राम्रो भिडियो हो । टिकटकबाट नै भाईरल बनेकी रेश्माले यसअघि एक बर्ष अगाडी फिल्ममा पनि काम गरेकी थिईन तर उनी चर्चामा आईनन् तर टिकटकको भिडियोले पनि चर्चामा पनि आईन् । उनलाई महंगो टिकटक सेलिब्रेटीसमेत भनिएको छ । हरि हुमागाइले छायांकन गरेको भिडियोमा असिम शाहले निर्देशन गरेका छन् ।अब हेरौँ यो भिडियोले उनलाई कुनै फिल्मको अफर आउँछ की ?