778
Shares
पुष ३०- नेपाल सम्बन्धी बिवादास्पद अभिव्यक्ति दिईसकेका भारतीय सेना प्रमुख जनरल बिपिन रावतका बारेमा भारतीय मिडियाले रोचक खबर छापेको छ । आफनो कडा अभिव्यक्तिबाट आलोचनामा समेत आउँने गरेका रावतले हालै आफना सैनिकहरुलाई कैटरिना र दिपिका नाम गरेका युवतीहरुसंग मित्रता नगर्न सल्लाह दिएका छन् ।
रावतले आफना सैनिकहरुलाई सामाजिक सञ्जालमा कैटरिना , दिपिका ,करिना , प्रियंका वा कुनै पनि नायिकाहरुको नामबाट बनेको एकाउण्टमा मित्रता नगर्न सल्लाह दिएका हुन् । उनले भने तपाईहरु कुनै नायिकाको नाम राखिएको एकाउण्टसंग मित्रता नगर्नुस किनकी धोका पाउँनु हुन्छ । रावतले आफना सैनिकहरुलाई दिएको यस्तो अर्तिउपदेशले यतिबेला खुबै चर्चा कमाईरहेको छ ।