1519
Shares

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले एक व्यवसायीलाई बिरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्जका व्यवसायी राजु दारुका छन् । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।
यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि दारूका पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।
स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् ।
समितका एक अधिकारीले थप केही व्यवसायी पनि अाफूहरूको निगरानीमा रहेको बताएका छन् ।