२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हङकङको अल्ट्रा ट्रेल रेसमा नेपालकी सिर्जना राई विजयी

1884 Shares
Spread the love

हङकङ । हङकङमा आयोजित १८–२९ उमेर समूहको २६ किलोमिटर अल्ट्रा ट्रेल रेसमा मा नेपालकी सिर्जना राई पहिलो बनेकी छन्।

हङकङमा सम्पन्न क्युनेट गोर्खा ट्रेलब्लेजरको २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपाली चेली संखुवासभाकी २१ वर्षीया सिर्जनाराई पहिलो बनेकी हुन्।

उक्त रेसमा २६ किलोमिडरमध्ये अन्तिम ५ किलोमिटर खाली खुट्टाले नै दौडिएर विजयी बनेकी हुन्।

नेपालमा सिर्जनाले यसअघि ५० किलोमिटरको अन्नपूर्ण ट्रेल रेसमा तेस्रो स्थान, ५५ किलोमिटर पोखरा ट्रेल सिरिज पहिलो, १० किलोमिटरको धरान रनमा पहिलो बनेकी थिईन्।

दौडमा सहभागी ३१ मुलुकका ४ सय २ धावक सहभागी भएका थिए। जसमध्ये पुरुषतर्फ २६ किलोमिटरमा हङकङका मिङ वाई पहिलो बनेका छन्।

प्रतिक्रिया