1149
Shares
काठमाडौं। महानगरिय अपराध महाशाखाले हुण्डी गर्न राखेको अबैध ३५ लाख रकम सहित दुई कारोबारीलाई पक्राउ गरेको छ।
महाशाखाको टोलीले गत आईतवार न्यूरोडस्थित भुगोल पार्कमा बा ७ च २५७९ नम्बरको कारलाई खानतलासी गर्ने क्रममा कार चालक भरत बहादुर बस्नेतले राखेको उक्त रकमको स्रोत खुलाउन नसकेपछी अनुसन्धानका क्रममा उक्त रकम हुन्डी गर्न लिएर हिंडेको खुलेको हो।
उक्त रकम बिशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठले दिएको बयान चालक बस्नेतले प्रहरीमा दिएपछि हुन्डी गर्न लाहेको खुलेको हो। पक्राउ परेका दुबै जनालाई राजाश्व छली सम्बन्धमा अनुसन्धान कारवाहीका लागि राजाश्व अनुसन्धान बिभागमा पठाईएको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए।