२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

दीपिकाले श्रीमान् रणवीरसँग फिल्म खेल्न किन मानिनन्

1234 Shares
Spread the love

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहसँग फिल्म खेल्न इन्कार गरेकी छिन्। दीपिकाले कविर खानद्वारा निर्देशित फिल्म ‘८३’ मा रणवीरसँग काम गर्न नमानेकी हुन्।

भारतीय क्रिकेट टिमद्वारा सन् १९८३ मा जितेको विश्वकपमा आधारित फिल्म ‘८३’ मा दीपिका र रणवीरले सँगै अभिनय गर्ने लगभग पक्का भएको थियो।

उक्त फिल्ममा रणवीर क्रिकेटर कपिलदेवको भूमिकामा देखिनेछन्। दीपिकालाई कपिलदेवकी श्रीमतीको भूमिकामा अफर गरिएको थियो।

समाचार अनुसार दीपिकाले फिल्ममा आफ्नो भूमिका सशक्त नभएका कारण फिल्म खेल्न नमानेकी हुन्। फिल्मको कथा कपिलदेव र क्रिकेट विश्वकपको वरिपरि घुम्ने र आफ्नो भूमिकाले खासै छाप छोड्न नसक्ने भएकाले दीपिकाले अभिनय गर्न नमानेको बताइएको छ।

दीपिकाले रणवीर सिंहलाई भन्दा पनि भूमिकालाई हेरेर फिल्म खेल्ने भएकाले दीपिकाले उक्त फिल्म छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

प्रतिक्रिया