1362
Shares
काठमाडौं –तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रन्जु दर्शनाले रविन्द्र मिश्रसँग जोडेर आफनो चरित्र हत्या गरिएको भन्दै ५ वटा अनलाइनविरुद्ध उजुरी दिएकी छिन् । शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसंग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

पार्टी फुटेपछि केही अनलाइनले मिश्रले रञ्जुलाई पार्टी कार्यालयमै यौन दुर्व्यवहार गरेको आसयका समाचार प्रकाशन गरेका थिए। त्यसरी समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइमअन्तर्गत उजुरी दिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।