२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पोर्तुगलमाGNR द्वारा मानब तस्करीका प्रमाण फेला , पिडित १७ नेपाली सहित २२ जनाको उद्धार

2365 Shares
Spread the love

लिस्बन, ३० पुस
GNR प्रहरीले चाइनिज पसलमा छापा मार्दा मानब तस्करीका प्रमाण फेला पारेको छ। GNR ले सेक्सालको एक चाइनिज पसलमा छापा मारेको हो। छापा मार्दा पसल पछाडी रहेको एउटा गोदाममा १७ जना नेपाली , ४ चाइनिज र १ रोमानियन , १ ब्राजिलियन, १ पोर्तुगिज सहित २ कुकुर हरु बस्ने गरेको फेला पारेको छ।

GNR ले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। GNR आल्मादाले ACT र कर अधिकृतको सहयोगमा गरेको सर्च अप्रेसन शुक्रवार बेलुका पाइयो पाइरेसमा अवस्थित चाइनिज पसलमा गरेको थियो। मानब तस्करीको सुचना पाएपछि GNR ले गरेको अप्रेसनमा फेला परेकाहरु पोर्तुगलमा अबैध बसोबास गरिरहेको र बासस्थान अतिनै अस्वस्थ र आवासको लागि उपयुक्त नभएको साथै मानब तस्करीको कठोर प्रमाणहरु फेला परेको बताएको छ।

सर्च अप्रेसनका क्रममा फेला परेका नेपालीहरुमा ३ जनालाई देश छोड्न आदेश दिईएको र १४ जनालाई सामाजिक सुरक्षा ( Social Security ) ले उद्दार गरी लिस्बनमा स्थानान्तरण गरेको छ। चाइनिज पसलका मालिकमाथि श्रम शोषणको ३६ वटा मुद्धाहरु लगाईएको छ भने २ वटा कुकुरमाथि पनि अमानविय व्यवहार गरेको मुद्धा समेत लागेको छ।

GNR ले सम्पुर्ण मुद्धाहरु सेक्साल अदालतमा बुझाएको छ भने मानब तस्करीको मुद्धाको अन्तिम निर्णय अदालतले गर्नेछ।

प्रतिक्रिया