बलिउडमा कलाकारहरुको प्रेम सम्बन्ध कति बेला जुट्छ कति बेला टुट्छ पत्तै हुँदैन । तर जति पनि सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहन्छ उनीहरुमध्य अधिकांशले सार्वजनिक रुपमा प्रेम गरिरहेका हुन्छन् । तर कतिपय यस्ता कलाकारहरु पनि छन् जो हरेक पल साथ साथ हुन्छन् , सम्बन्धमा पनि हुन्छन् तर औपचारिकरुपमा भने घोषणा गर्न सक्दैनन् । यस्तै प्रेम सम्बन्धमा रहेका जोडी हुन अर्जुन कपुर मलाइका अरोरा । अरबाज खानसंग डिभोर्स भएपछि अर्जुन र मलाइकाबीच प्रेम सम्बन्ध रहेको थियो । तर कतिपयले भने अर्जुनसंगको प्रेम सम्बन्धको कारण नै अरबाजसंग डिभोर्स भएको भन्ने टिकाटिप्पणी पनि गर्छन् ।

जे होस अर्जुनको प्रेम सम्बन्धलाई उनका परिवारले लगभग स्वीकार गरिसकेको अवस्था छ तर डिभोर्सपछि पनि मलाइकाको पूर्व घरलाई भने यसमा आपत्ति नै छ । त्यसैले पनि अरबाज र मलाइका दुबैसंग बिषेशगरी सलमान खान असन्तुष्ट रहेको मिडियाहरु दाबी गर्छन् । सलमानले आफनो घरमा अर्जुनलाई बन्देज गरिसकेका छन् । जबकी अर्जुनलाई फिल्मलाईन आउँन प्रोत्साहन दिन सलमानको निकै ठुलो हात छ । अर्जुनसंग रुष्ट सलमानले यसको बदला भने अर्जुनका बुवा बोनी कपुरसंग लिएका छन् ।

सलमान र बोनीबीच व्यवसायीक नाता धेरै पहिलेदेखिको थियो । सलमानले बोनीको धेरै फिल्महरुमा काम गरिसकेका छन् । तर हालै बोनीले अफर गरेको फिल्म सलमानले रिजेक्ट गरेका छन् । भारतीय मिडियाका अनुसार सलमान अर्जुन र उनका परिवारसंग कुनै सम्बन्ध राख्न चाहान्न । त्यसैले अर्जुनसंगको रोषका कारण सलमानले बोनी कपुरको फिल्म अस्वीकार गरेको भारतीय मिडियाहरुको दाबी छ ।
