२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आयंकाको बिवाह मिती पक्का

1013 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा यस्ता प्रेमी जोडी कमै छन् जसले खुलेर सार्वजनिक रुपमा प्रेम गरिरहेका छन् । त्यही लिस्टमा पर्ने नाम हो प्रियंका कार्की र आयुषमान देसराज जोशी । सुरुवाती दिनमा आफनो प्रेम सम्बन्धको कारण नै नकरात्मक आलोचना र गाली खाएका आयंका जोडीले अहिले भने ती आलोचकहरुलाई पनि वेवास्ता गर्दे आफनै दुनियाँमा कसरी हुन सकिन्छ भनेर प्रमाणित पनि गरिसकेका छन् । आयुषमान भन्दा प्रियंकाले उमेरले जेठी भएको कारणले नै उनीहरुको सम्बन्ध निकै ट्रोल बनेको थियो तर अहिले उनीहरुको प्रेम देखेर भुतुक्क नहुनेहरु कमै होलान् ।

त्यसैले उनीहरुलाई लिएर यतिबेला म्युजिक भिडियो बन्ने क्रम निकै छ भने फिल्ममा उनीहरु एकसाथ देखिरहेका छन् । केही समय अगाडी दुई पटकसम्म इन्गेज्मेण्ट गरेका यो जोडी अब भने बिवाह गर्ने तयारीमा रहेका छन् । इन्गेज्मेण्ट गरेपछि बिवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दे आईरहेका आयंकाले जुलाईमा बिवाह गर्ने निधो गरेका छन् ।सन् २०१९ आफनो लागि निकै महत्वपुर्ण रहेको प्रियंका बताउँछिन् ।

बैसाखमा बिवाह गर्ने चर्चा चलिरहँदा उनीहरुले जुलाईभित्र बिवाह गर्ने तयारी गरिरहेका छन् । हाल मिती पनि तय भएको छैन तर जुलाईमा बिवाह गर्ने भने उनीहरु पक्का भएका छन् । नेपाली सिनेमा क्षेत्रमा निकै व्यस्त नायिका प्रियंका सोही कारण पनि आफना प्रोजेक्टहरु धमाधम समाप्त पार्न लागिरहेकीछिन् । जहोस आयंकाको प्रेम सम्बन्ध पनि हिटै रह्यो , इन्गेज्मेण्ट पनि हिटै भयो अब हेरौँ बिवाहले भने कस्तो चर्चा कमाउँने हो ।

प्रतिक्रिया