1429
Shares
पुष ३० – दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी फिल मासिंगाको ४९ बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको आईतबार राती उपचारको क्रममा निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । उनको निधन भएपछि दक्षिण अफ्रिकी फुटबलको क्षेत्रमा ठुलो क्षति भएको मानिएको छ । दक्षिण अफ्रिकामा महान फुटबलरको रुपमा रहेका मासिंगाले सन् १९९४ देखि सन् १९९६ सम्म इङ्लिस क्लब लिड्स युनाइटेडबाट व्यवसायिक फुटबल खेलेका थिए।

उनले सन् १९९२ को जुलाईमा क्यामरुनविरुद्धको खेलसँगै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। चर्चित स्ट्राइकर मासिंगाले सन् १९९२ देखि सन् २००० सम्म दक्षिण अफ्रिकाका लागि ५८ खेल खेल्दै १८ गोल गरेका थिए। उनकै योगदानमा सन् १९९८ को विश्वकप फुटबलमा दक्षिण अफ्रिका पहिलो पटक छनोट हुन सफल भएको थियो ।
