२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गोकर्णेश्वर मेयर कप सम्पन्नः वडा नं ५ ले उचाल्यो मेयर कपको उपाधि

2319 Shares
Spread the love

आशिस तामाङ

काठमाडौं– गोकर्णेश्वर मेयर कपअन्तर्गत आजको फाईनल खेलमा गोकर्णेश्वर वडा नं ५ ले गोकर्णेश्वर वडा नं ८बी लाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रथम गोकर्णेश्वर मेयर कपको उपाधि उचाल्न सफल भएको छ ।

खेलमा गोकर्णेश्वर वडा नं ८ बी तर्फका जर्सी नं ७ का किरण लामाले खेलको १६ औ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसलग्गतै वडा नं ५ का तर्फबाट जर्सी नं ७ का नविन लम्सालले २० औं मिनेटमा गोल गर्दै १–१को बराबरीमा ल्याए । सो गोलपछि जर्सी नं ८ बी का प्रबिन पुडासैनीले गोल गर्दै अग्रता दोब्बर बनाए । यसैगरी दोस्रो हाफको ११ औं मिनेटमा जर्सी नं ४ का गोपी भुजेलले गोल गर्दै ३–१ को नतिजा हात पार्न सफल भयो । सधै राम्रो नतिजा ल्याउने दिनेश राई र गोलरक्षक सुरज लामाले पहेंलो कार्ड खाए ।

गोकर्णश्वार नगरपालिका वडा ८ बेसी गाउँ स्थीत नेपालय ईङलिस पब्लिक स्कुलको खेल मैदानमा २१ गते देखी शुरु भएको खेलमा गोकर्णेश्वर वडा ५ बिजयी भई १ लाखको पुरस्कार लिएको छ र दोस्रो स्थान हासिल गर्दै गोकर्णेश्वर ८ बी ले ५० हजार पाएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई प्रमुख अथिती रहेका थिए । यसैगरी बिशेष्या अथितीमा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गो.न.पा मेयर सन्तोष चालिसे, गो.न.पा उपमेयर शान्ति नेपाल लगायतका ब्यक्तित्वहरु रहेका थिए । साथै सभापतिमा दिपक लामा रहेका थिए ।

कार्यक्रमको अथितीहरुमा गो.न.पा वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुङ्गाना, वडा सदस्य नवराज लामा , आतरखेल महिला समाजकी अध्यक्ष शोम माया लामा, युवा समाज सेवी लाल बहादुर तामाङ लगायतका वडाअध्यक्षहरु रहेका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गर्दै नयाँ पुस्तालाई फुटबलमा लाग्न उत्प्रेरित गर्ने र यस फुटबल कार्यक्रमको आयोजना गरेकोमा दीपक लामालाई तथा आयोजकलाई धन्यबाद दिएका छन् । राम्रो कामको शुरुआत ढिलै भएपनि जोरपाटी फुटबल क्लबले फुटबल कार्यक्रमको आयोजना गरेर नयाँ र राम्रो कार्यको थालनी गरेकोमा बताए । यस्ता प्रकारका शुःभ कार्यको थालनी गर्दा सहजता मिलोस भनी शुभकामना व्यक्त गरेका छन् ।

मेयर कपमा गो.न.पाका मेयर सन्तोष चालिसेले कार्यक्रममा फुटबलको बिकासका निम्ती आफुले फुटबल प्रतियोगिताको आयोजना गरेको बताएका छन् । आयोजकलाई धन्यबाद दिदै महिलालाई रेफ्री राखेकोमा जोरपाटी फुटबल क्लबका आयोजकलाई पनि धन्यबाद दिएका छन् । उनले कार्यक्रममा बोल्दै गो.न.पाले दुईवटा ठुलो फुटबल मैदान निर्माण गर्ने बताए र यसैबर्ष डिपिआर सम्पन्न हुने बताए । आगामी दिनहरुमा यस्तै अन्य कार्यक्रमहरु पनि लिएर आउने पनि उनले बताए ।

वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गानाले जित्नु मात्र ठुलो कुरा नभएको बताएका छन् । उनले अनुशाषित भएर खेललाई सभ्य र भब्य बनाएकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । खेलाडिहरु उत्पादन गर्ने उद्देश्यले मैदान बनाउन लागेको पनि बताए ।

जोरपाटी फुटबल क्लबको आयोजना भएको प्रतियोगिमा उत्कृष्ट खेलाडी गोकर्णश्वार वडा ८ जर्सी नम्बर ७ किरण लामा थिङले १० हजार प्राप्त गरे , सर्वाधिक गोलकर्ता दिनेश राई, उत्कृष्ट गोल रक्षक कृष्ण चौधरी र उत्कृष्ट प्रशिक्षक श्री बहादुर योगीले ५/५ हजार पाएको छ । प्रतियोगितामा फेयर प्ले टिम गोकर्णेश्वर वडा ३ ‘बी’ ले १० हजार प्राप्त गरे ।

कार्यक्रमका सभापति दिपक लामाले सबैलाई स्वागत गर्दै जोरपाटी फुटबल क्लव स्थापना हुनुको उद्देश्य खेलाडीहरुभित्रको क्षमतावान खेलाडीलाई स्तरबृद्धि गरेर राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिश्पर्धा गराउनको लागि खेलाडी उत्पादन गर्ने सम्भाब्यताले मेयर कपको आयोजना गरेको बताए ।

महिला रेफ्रीहरुले मात्र संचालन गरेको प्रतियोगिताका सबै उत्कृष्ट खेलाडीले सम्मान ५/५ हजार प्राप्त गरे ।

प्रतिक्रिया