कुनै समय अभागी नायिकाको रुपमा हेरिने प्रियंका कार्की यतिबेलाकी चर्चित अनि व्यस्त नायिका हुन् । अभागी यस अर्थमा की उनले सोलो नायिका भएर अभिनय गरेका अधिकांश फिल्महरु असफल भए तथापी उनले फिल्म पाउँन भने छाडिनन् । वडा नम्बर ५ लगायत छक्का पञ्जा जस्तो सिरिजहरुमा काम गरेपछि प्रियंकाको डिमाण्ड रातारात बढ्यो । उनी म्युजिक भिडियो , फिल्म लगायत बिज्ञापनको दुनियाँमा पनि राज गरेकी नायिका हुन् । आफनो डिमाण्ड भएकै बेला प्रियंकाले जस्तो फिल्ममा पनि काम गरिन् । त्यसको भने आलोचना गरिन्छ तर उनले मौकामा चौका हान्नु पनि स्वभाविक नै हो किनकी उनले आफनो सम्पुर्ण समय फिल्मी क्षेत्रलाई नै दिएकीछिन् ।

नायिकाको करियर अवधी कम हुने देखिँदै आएकोमा पनि धेरै भन्दा धेरै काम गरेको सुनाउँदै आएकीछिन् प्रियंका । तर अब लाग्छ उनले टन्नै कमाईसकेकीछिन् । अमेरिकामा फिल्मसम्बन्धि अध्ययन गरेकी प्रियंका चाडै निर्मात्री पनि बन्ने भएकीछिन् । हाल हजार जुनीसम्म फिल्ममा व्यस्त रहेकी प्रियंकाले अर्काे बर्ष फिल्म निर्माण गर्देछिन् । उनको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने फाइनल भइसकेको छ । । जसले यसअघि तान्द्रो ,लेटर र साढे सात लगायतका फिल्महरु निर्देशन गरिसकेका छन् ।

पहिलो पटक फिल्म निर्माणलाई लिएर निकै उत्साहित प्रियंकाले भनिन् हामी फिल्मका लागि सहकार्य गर्देछौँ । अहिले कथामा काम भइरहेको छ । उसले सुनाएको कन्सेप्ट निकै मनपरेका कारण फिल्म बनाउन तयार भएको हुँ । । हाल निर्देशक भुटियाकै फिल्म अनागतमा काम गर्न लागिरहेकी प्रियंकाले उनको काम गर्ने शैलीबाट प्रभावित भएर नै काम गर्न लागेको बताईन् । जे होस यतिबेला नायिकाहरु पनि फिल्म निर्माणमा एक पछि अर्काे गर्दे आईरहेका छन् । केकी अधिकारी , ऋचा शर्मा ,निसा अधिकारी लगायतपछि प्रियंकाले पनि फिल्म निर्माणमा हात हाल्ने भएकी हुन् ।
