पुष २८ – सिरहामा अवैध सुनसहित ३ जना प्रकाउ परेका छन् । सिरहाको सशस्त्र प्रहरी बल ७ नम्बर गणले उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेहरुमा सिरहाको लहान नगरपालिका–१९, छर्रापट्टिका अमिरुल खान, मोहमद कयुम र मोहमद रियाज राइन छन् । । उनीहरुको साथबाट एक हजार सात सय ५७ ग्राम ७ सय २० मिलिग्राम अवैध सुन बरामद गरिएको छ ।
बिषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङ्को कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर तीन जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक गुरुङ्का अनुसार पक्राउ गरिएका तीनजनासहित उनीहरु चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ ।